प्रधानमन्त्रीले साउन ६ गते विश्वासको मत लिने निर्णय

काठमाडौं । प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले पर्सि साउन ६ गते आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने र साउन १५ गतेभित्रमा ६ वटा बैठक सञ्चालन गर्ने निर्णय गरेको छ ।

आज सिंहदरबार बसेको बैठकले साउन ६, ७, ८, १३, १४ र १५ गते प्रतिनिधिसभाको बैठक बस्ने निर्णय गरेको हो । ६ गते विश्वासको मत लिने प्रधानमन्त्री ओलीले ७ गते प्रत्यक्ष प्रश्नोत्तर गर्ने, ८ गते मन्त्रालय गत प्रश्नोत्तर गर्ने कार्यतालिका समेत तय गरेको छ ।

बैठकमा सभामुख देवराज घिमिरेले परामर्श समितिका साथै विभिन्न विषयगत तथा संसदीय समितिमा रिक्त भएका पदका लागि तत्काल नाम सिफारिस गर्न ध्यानाकर्षण गराभएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए । यस अघि बिहीबार सभामुख घिमिरेले मुख्य सचेतकका साथै सचेतकहरुसँगपनि छलफल गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर