प्रतिनिधिसभाका उपसभामुख रानासँग रास्वपाको सोधपूछ

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधिसभाका उपसभामुख इन्दिरा राना भिसा सिफारिस विवादमा मुछिएपछि यसबारे आन्तरिक छानबिन थालेको छ । पार्टी सूत्रका अनुसार उपसभापति डोलप्रसाद अर्यालले उपसभामुख रानासँग सोधपुछ गरेका छन् ।
उपसभामुखले आफ्नो ओहदाको दुरुपयोग गर्दै अमेरिकी दूतावासलाई लेखेको एउटा पत्र सार्वजनिक भएको थियो । पत्रमा उनले आफूसहित केही अञ्जान व्यक्तिहरूलाई भिसाको अन्तर्वार्ताका लागि डेट मिलाइदिन सिफारिस गरेकी छन् । संसदसँग असम्बन्धित व्यक्तिहरूलाई आफ्नो टीममा राखेर सिफारिस गरिएको पाइएपछि रानामाथि प्रश्न उठेको हो ।
रास्वपाबाट निर्वाचित भएकी हुँदा उपसभामुखको विवादले पार्टीलाई पनि असर गरेको छ । उपसभापति अर्यालले बाहिर आएका विषयवस्तुबारे पार्टीले अध्ययन गरिरहेको बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर