त्रिशूली नदीमा हाम फालेर सहचालक बेपता

काठमाडौं ।  पृथ्वी राजमार्गअन्तर्गत धादिङ्गको जवाङ् खोलामा ट्रकका सहचालक त्रिशूली नदीमा हाम फालेर बेपता भएका छन् । शुक्रबार बिहान करिब ८ बजे हेटौडाका वीरबहादुर योन्जन नाम गरेका करिब ३२ वर्षका सह चालक त्रिशूलीमा हाम फालेको प्रहरीले जनाएको छ ।

यसैबीच महाकाली किनारमा बाख्रा चराउन गएकी बालिका बेपत्ता भएकी छन् । बैतडीको पञ्चेश्वर गाउँपालिका–२ डिम्बरकी १५ वर्षीया ममता मंगोला बिहीबारदेखि बेपत्ता रहेकी प्रहरीले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर