कांग्रेसको बैठक साउन २३ गते

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक यही साउन २३ गते बस्ने भएको छ । कांग्रेस केन्द्रीय कार्यालय सानेपामा साउन २३ गते दिउँसो १ बजे बस्ने बैठकमा समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य एवं आमन्त्रित सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर