प्रविधि र प्राविधिकको विकासका लागि जुटे दुई अब्बल कम्पनी

भक्तपुर । साइभर इङ्क प्राइभेट लिमिटेड र अलामण्ड एआई प्राइभेट लिमिटेडबीच दुबै कम्पनीले अंगालेका स्थापित उद्देश्य र उपलब्धिलाई साकार रूप प्रदान गर्न एक रणनीतिक साझेदारीसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।

दुबै कम्पनीले एआई प्रबिधिको माध्यमबाट नेपाल र नेपालीलाई सक्दो सुबिधा प्रदान गरिने जनाएका छन् । दुबै कम्पनीले १० बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै एआईका माध्यमबाट सकिने हरेक बिषयलाई कानुनी रुपमा पालना गरेर यसको प्रर्वद्धनमा लाग्ने बताएकाछन् ।

१० बुँदे समझदारी पत्रमा हस्ताक्षर गर्दै साइभर इङ्क प्राइभेट लिमिटेड र अलामण्ड एआई प्राइभेट लिमिटेडबीच भएको  समझदारीपत्रमा उल्लेखित बुँदाहरूको अक्षरशः पालना गर्ने र विविधि बुँदामा उल्लेखित प्रावधानहरूलाई सम्मान गर्दै कुनैपनि हालतमा समझदारी पत्रमाथि अतिक्रमण गर्ने छैन ।

समझदारीपत्रमा साइभर इङ्क प्राइभेट लिमिटेडको तर्फबाट एमडी एवं सह–संस्थापक आशिक राजभण्डारी र अलामण्ड एआई प्राइभेट लिमिटेडको तर्फबाट डा. रमेश मारिखु सिइओ एवं सह–संस्थापकले १७ जुलाई २०२४ मा संयुक्त हस्ताक्षर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर