काठमाडौंमा अव्यवस्थित तार हटाइने

काठमाडौ । महानगरपालिकाले आज सोमबारदेखि महानगरभित्रका अव्यवस्थित लट्ठामा राखिएका तारहरूको सफाई गर्ने भएको छ ।

महानगरको सौन्दर्य बढाउन तथा आगजनीको घटनालाई नियन्त्रण गर्नका महानगरपालिकाले विभिन्न स्थानमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न सुरु गर्न लागेको हो ।

काठमाडौँ महानगर, नेपाल दूरसञ्चार प्राधिकरण र इन्टरनेट सेवा प्रदायकका प्रतिनिधिबीच आइतबार बसेको बैठकले सोमबारदेखि तार व्यवस्थापन गर्ने निर्णय गरेअनुसार कामको थालनी हुने महानगर प्रहरी प्रमुख राजुनाथ पाण्डेले बताए । तार हटाउने कामको पहिलो दिन न्युरोड र माइतीघरमा रहेको अप्टिकल केबल तार व्यवस्थित गर्ने सहमति भएको दूरसञ्चार प्राधिकरणले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर