रमेश वडाल महान्यायाधिवक्तामा नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले महान्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता रमेश वडाललाई नियुक्त गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा बुधबार वडाललाई महान्यायाधिवक्तामा राष्ट्रपतिले नियुक्त गरेका हुन् ।

प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा १५७ को उपधारा (२) बमोजिम काठमाडौं महानगरपालिका–७ चाबहिल निवासी वडाललाई महान्यायाधिवक्तामा नियुक्त गरिएको राष्ट्रपति कार्यालयबाट जारी सूचनामा उल्लेख छ । महान्यायाधिवक्ता सरकारको कानूनी सल्लाहकारको रूपमा रहने संवैधानिक व्यवस्था रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर