आज नेप्से ५४.०४ अंकले बढ्यो

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधबार उच्च अंकले बढेर बन्द भएको छ । आज नेप्से ५४.०४ अंकले बढेर दुई हजार ३६४ दशमलब ६३ विन्दुमा बन्द भएको हो ।  नेप्सेमा आज १२ अर्ब ५ करोड ९२ लाख ६६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । आज कारोबार भएका कम्पनीमध्ये २०४ वटाको बढेको छ भने ३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । ६ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

नेप्सेका अनुसार छ कम्पनीको शेयरमूल्यमा उच्च वृद्धि भएको छ । जसमा सेन्ट्रल फाइनान्स कम्पनी, सिंगटी हाइड्रो लिमिटेड, आँखुखोला जलविद्युत कम्पनी,  मन्दाकिनी हाइड्रोपावर कम्पनी लिमिटेड, सिडीबीडी हाइड्रोपावर कम्पनी लिमिटेड र आरम्भ चौतारी लघुवित्त रहेका छन् । यी कम्पनीको शेयरमूल्यमा आज सकारात्मक सर्किट लागेको छ । आज एक कम्पनीको शेयरमूल्यमा उच्च गिरावट आएको छ । सिटिजन्स म्युचुअल फण्ड २ को शेयरमूल्य ९.९० प्रतिशतले घटेको छ । यसका साथै आज सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वाधिक कारोबार भएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर