चितवनमा रेलमार्ग सर्भेयरको गाडीमा आगजनी

काठमाडौं । पूर्वपश्चिम रेलमार्गको सर्भे गर्न  चितवन आएको एक कम्पनीको गाडीमा स्थानीय बासिन्दाले आगजनी गरेका छन् । भरतपुर महागनरपालिका-७ का कृष्णपुरका बासिन्दाको एक समूहले बागमती प्रदेश ०१, ०३० च ७१९० नम्बरको गाडी जलाएका हुन् । उनीहरूले हाम्रो बस्तीबाट रेलमार्ग लैजान पाउँदैन भन्दै आक्रोश स्वरूप गाडीमा आगो लगाए ।

सरकारबाट अनुमति लिएर पूर्वपश्चिम रेलमार्गको सर्वेक्षण गर्न आएको बताएको आरएच कन्सल्टेन्सीको सवारीसाधन र उपकरण स्थानीय बासिन्दाले कब्जामा लिएको थियो । गाडीमा लागेको आगो निभाउन दमकल बोलाइएको थियो। आगो नियन्त्रणमा आइसकेको छ। पूर्वपश्चिम रेल मार्ग निर्माण गर्नका लागि हेटौंडाबाट बर्दघाटसम्म कन्सल्टेन्सीले अध्ययन गरिरहेको थियो। स्थानीयले बाक्लो बस्ती भएको ठाउँबाट रेलमार्ग बनाउन नहुने भन्दै विरोध जनाउँदै आएको थियो। स्थानीयहरूले सं‌घर्ष समिति नै बनाएर मन्त्रालयसम्म ध्यानाकर्षण गराउँदै आएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर