फुटपाथ फराकिलो बनाउन पाएपछि बालेन बने कविवर !

काठमाडौं । उच्च अदालत पाटनको आदेशपछि काठमाडौं महानगरपालिकाले नयाँ सडकमा थालेको फुटपाथ विस्तारको कामलाई निरन्तरता दिएको छ । महानगरपालिकाले पैदल मार्गलाई फराकिलो बनाउने काम बुधबार बिहानदेखि सुरु गरको हो । यसअघि डिभिजन सडक कार्यालय, काठमाडौँको अवरोधपछि रोकिएको काम उच्च अदालत पाटनका न्यायाधीशद्वय ध्रुवराज नन्द र प्रकाश खरेलको संयुक्त इजलासबाट आइतबार महानगरपालिकाले माग गरेबमोजिमको अन्तरिम आदेश दिएपछि सुचारु गर्ने बाटो खुलेको थियो ।
अदालतले राज्य शक्तिको बाँडफाँडको सम्बन्धमा नेपालको संविधानको धारा ५७ ले व्यवस्था गरी उपधारा (१) ले संघको र उपधारा (४) ले स्थानीय तहको एकल अधिकारको सूचीको बारेमा गरेको प्रवन्धअनुसार स्थानीय सडक, ग्रामीण सडक, कृषि सडक, सिँचाइसमेतका अधिकार स्थानीय तहमा रहने भनी व्यवस्था गरेको भन्दै महानगरको पक्षमा आदेश दिएको थियो ।
फुटपाथ बनाउने आदेश आएपछि महानगर प्रमुख बालेन साहले कविता लेखेका छन् । उनले लेखेका कविता सामाजिक सञ्जालमा साझा गरेका छन् । पढौं कविवर बालेनको कविता ।

सत्यको कुनै एउटा पहिचान
कुनै नाम हुँदैन
मिथ्याको जस्तो ठूलो अभिमान
कुनै शान हुँदैन
जलझैँ शीतल, फूलझैँ कोमल
सून न पित्तल, किसानझैँ फोहर
आकाशझैँ विशाल
स्पर्शझैँ सूक्ष्म
सगरमाथाझैँ हिमाल
थोपाझैँ पूर्ण
सत्यको कुनै दाम हुँदैन
कुनै एउटा पहिचान
कुनै एउटा काम हुँदैन
नाम हुँदैन ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर