भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा चारजना घाइते

काठमाडौं । जाजरकोटमा पहिरोले भूकम्प पीडितको अस्थायी टहरा पुरिँदा चारजना घाइते भएका छन् । जिल्लाको कुशे गाउँपालिका–८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुर्दा उनीहरू घाइते भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डिएसपी पुरुषोत्तम पाण्डेले जानकारी दिए ।

घाइते हुनेमा सोही स्थानका ३५ वर्षीया दलसरी थापा, उनकी छोरी चार वर्षीया हस्तीका थापा, २९ वर्षीया कमला थापा र १७ वर्षीया निरमाया थापा रहेका छन् । घाइतेमध्ये विष्णु एक जनाको अवस्था गम्भीर छ । राति भएको घटनालगत्तै वडाध्यक्ष डिल्लीबहादुर सिंहले जानकारी गराएपछि प्रहरी चौकी पैंकबाट घटनास्थलमा पुगी घाइतेलाई उद्धार गरिएको थियो । घाइतेलाई प्रहरी र स्थानीयले बोकेर सुरक्षित स्थानमा राखिएको उद्धारका लागि हेलिकोप्टरको प्रवन्ध गरिरहेको बताइएको छ । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर