जर्मनीका स्टार खेलाडी थोमस मुलरद्वारा संन्यासको घोषणा

काठमाडौं ।  जर्मनीका स्टार खेलाडी थोमस मुलरले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा गरेका छन् ।
मुलरले ३४ वर्षको उमेरमा यूरोकप २०२४ सकेको भोलिपल्टै जर्मनीको राष्ट्रिय टोलीबाट संन्यास लिएको घोषणा गरेका हुन् । आफ्नै देशमा आयोजना भएको युरो कपमा जर्मनी क्वार्टरफाइनलमा स्पेनसँग २–१ ले पराजित भएर बाहिरिएको थियो । त्यसको केही दिनमै मुलरले संन्यास लिने निर्णय गरेका थिए ।

भर्खरै सम्पन्न युरोमा मुलरले कम मात्रै खेल्न पाए । संन्यास घोषणा गर्दै मुलरले सामाजिक सञ्जालमा कठिन निर्णय लिएको र देशको जर्सीमा १४ वर्ष खेल्न पाउनु भाग्यको कुरा भनेर लेखेका थिए । मुलरले जर्मनीको साथमा जितेको एक मात्रै प्रमुख उपाधि २०१४ को विश्वकप मात्रै हो । २०१० को विश्वकपमा जर्मनी तेस्रो स्थानमा सिमित भएको थियो ।

मुलरका रेकर्डका केही तथ्यः


२०१० मा जर्मनीको राष्ट्रिय टोलीमा डेब्यू गरेको
२०१० को विश्वकपमा गोल्डेन बूट जितेको
२०१४ मा विश्वकप फुटबलको उपाधि जितेको
१४ वर्ष जर्मनीको जर्सीमा खेलेको
राष्ट्रिय टोलीबाट १३१ खेल खेल्दै ४५ गोल गरेको
४१ असिस्ट गरेको


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर