दिन प्रतिदिन सुन महँगिदै, तोलामा नौ सय वृद्धि

काठमाडौं । सुनको मूल्यले दिन प्रतिदिन नयाँ नयाँ रेकर्ड कायम गर्दै आएको छ । आज मंगलबार पनि अहिलेसम्मकै उच्च मूल्य कायम भएको छ । आज सुन तोलामा नौ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च तोलाको एक लाख ४७ हजार आठ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मूल्उ तोलाको एक लाख ४६ हजार नौ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्उ घटेको छ । चाँदी आज तोलामा १० रुपैयाँले घटेर तोलाको एक हजार आठ सय ७५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मूल्य तोलाको एक हजार आठ सय ८५ रुपैयाँ रहेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर