पेट्रोलियम पदार्थको मूल्य वृद्धि

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले साउन १ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको छ । निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बृद्धि गरेको छ । यससँगै अब तेस्रो वर्गअन्तर्गत पर्ने पोखरा, काठमाडौँ र दिपायलमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ ।

यसैगरी पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६८ रुपैयाँ ५० पैसा र डिजेल र मट्टीतेल १५७ रुपैयाँ पर्नेछ । त्यस्तै, दोस्रो वर्गअन्तर्गत पर्ने सुर्खेत र दाङमा  पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेल र मट्टितेलको मूल्य १५९ रुपैयाँ पुगेको छ ।

Notice.JPG


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर