कुवामा डुबेर दिदीबहिनीको मृत्यु

काठमाडौं । स्याङ्जामा पानीको कुवामा डुबेर दुईजनाको मृत्यु भएको छ । पुतलीबजार नगरपालिका–४ रामकोष स्वाँरास्थित पानीको कुवामा डुबेर स्थानीय नरेन्द्रबहादुर थापाका दुई छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा १४ वर्षीया लक्ष्मी थापा र १२ वर्षीया सुस्मिता थापा रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिए ।

लक्ष्मी कक्षा ९ मा र बहिनी सुस्मिता कक्षा ५ मा पढ्दै आएकी थिइन् । घरदेखि करिब पाँच सय मिटर टाढा रहेको कुवामा नुहाउन र कपडा धुनका गएका बेला डुबेर मृत्यु भएको जनाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान सुरु भएको प्रहरी प्रवक्ता रानाले बताए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर