प्रधानमन्त्री ओलीले १५ जना मन्त्रीसहित शपथ लिने तयारी

काठमाडौं । नेकपा एमालेले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको छ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको निवास बालकोटमा बसेको नेताहरुको बैठकले सरकारमा जाने मन्त्रीहरुको नाम टुंगो लगाएको हो ।

एमालेले विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, छविलाल विश्वकर्मा, योगेश भट्टराई, कृष्ण गोपाल श्रेष्ठ, जुली महतो, विद्या भट्टराई र दामोदर भण्डारीलाई मन्त्री बनाउने निर्णय गरेको छ । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसबीच आठ वटा मन्त्रालय एमालेले र ९ वटा कांग्रेसले लिने सहमति भएको छ । प्रधानमन्त्री ओलीले सोमबार बिहान १५ जना मन्त्रीसहित शपथ लिने तयारी गरेका छन् । छलफलमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरल, उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेल र उपमहासचिवहरु प्रदीप ज्ञवाली र विष्णु रिमाल सहभागी थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर