आज आइतबार सुनको मूल्य स्थिर

काठमाडौं ।  आज आइतबार सुनको मूल्य स्थिर रहेको छ । गत शुक्रबार सुनको मूल्य उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य एक लाख ४६ हजार ७०० रहेको छ । यस्तै तेजावी सुन प्रतितोला १ लाख ४६ हजारमा कारोबार भइरहेको छ । शुक्रबार पनि सुन यही मूल्यमा कारोबार भएको थियो । यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी प्रतितोला २५ रुपैयाँले घटेर एक हजार ८७५ रुपैयाँमा कारोबार भइरहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर