युरो कपको फाइनलमा स्पेन र इंग्ल्याण्ड भिड्दै

काठमाडौं । युरोकपको फाइनलमा स्पेन र इंग्ल्याण्ड आज राति भिड्दै छन् । फाइनल खेल नेपाली समय अनुसार आज राति १२: ४५ बजेदेखि सुरु हुने छ । सेमिफाइनलमा स्पेनले फ्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो भने नेदरल्याण्डसले इंग्ल्याण्डलाई २-१ गोल अन्तरले नै पराजित गर्दै फाइनलमा पुगेको हो ।

तीन पटक युरोकपको उपाधि जितेको स्पेन योसहित पाँचौँ पटक युरोकपको फाइनल खेल्दै छ भने इंग्ल्याण्ड लगातार दोस्रो पटक युरोकपको फाइनल खेल्दै छ । २०२० मा सम्पन्न युरो कपमा इंग्ल्याण्ड फाइनलमा इटालीसँग पराजित हुँदै उपविजेता बनेको थियो । स्पेन र इंग्ल्याण्ड अहिलेसम्म २७ पटक आमने सामने भएका छन् । जसमा स्पेनले १० पटक जितेको छ भने इंग्ल्याण्डले १४ खेल जितेको छ । त्यस्तै ३ खेल बराबरीमा सकिएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर