भारतको जिम्बावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जित

काठमाडौं । भारतले जिम्बावेसँगको टी–२० श्रृङखला एक खेल अगावै जितेको छ । हरारेमा भएको चौथो खेलमा भारतले घरेलु टोलीलाई १० विकेटले हराएर श्रृङखला ३–१ ले जितेको हो । जितका लागि एक सय ५३ रनको लक्ष्य पाएको भारतले १५ ओभर दुई बलमा कुनै पनि विकेट नगुमाई भेट्टायो । उसका यशस्वी जैसवाल ५३ बलमा ९३ रन र शुभमन गिल ३९ बलमा ५८ रनमा अविजित रहे । त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको जिम्बावेले सात विकेट गुमाएर एक सय ५२ रन बनाएको थियो । उसका कप्तान सिकन्दर राजाले सर्वाधिक ४६ रन बनाए ।

भारतका खलिल अहमदले दुई तथा तुशार देशपाण्डे, वाशिंटन सुन्दर, अभिषेक शर्मा र शिवम दुबेले समान एक–एक विकेट लिए । श्रृङखलाको अन्तिम खेल आइतबार राति हुनेछ । भारत पहिलो खेलमा १३ रनले पराजित भएको थियो भने उसले दोस्रो खेल एक सय र तेस्रो खेल २३ रनले जितेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर