नारायणी नदीमा फेला परेका दुई शवमध्ये एकको सनाखत

काठमाडौं ।  त्रिशूली नदीमा बेपत्ता बसका यात्री पूर्वी नवलपरासीको गैँडाकोट नगरपालिका–७ स्थित नदी किनारमा शनिबार दिउँसो फेला परेका दुईमध्ये एउटा शवको सनाखत भएको छ। नारायणी नदी किनारस्थित बालुवामा आधा गाडिएको र नदीमा तैरिएको अवस्थामा दुईवटा शव फेला परेका थिए। ती मध्ये बरहथवा नगरपालिका-३ सर्लाही १९ वर्षीय रमित कुसर माझी भएको पुष्टि भएको छ। उनका आफन्तले सनाखत गरेका हुन्।
सोही स्थानमा फेला परेको अर्को शवको सनाखत हुन बाँकी छ। उक्त शव पनि गाडी दुर्घटनामै परेका व्यक्तिको भएको प्रहरीको अनुमान छ। आफन्तहरु प्रहरी सम्पर्कमै रहेकाले अर्को शवको पनि सनाखत हुने क्रममा रहेको जिल्ला प्रहरी कार्यालय चितवनका डीएसपी भेषराज रिजालले जानकारी दिए।
काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ ख २४९५ नम्बरको बस र वीरगन्जबाट काठमाडौं आउँ गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस शुक्रबार बिहान भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेर बेपत्ता छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर