डोनाल्ड ट्रम्पमाथि गोली प्रहार, उपचारार्थ अस्पताल भर्ना

काठमाडौं । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि गोली लागेको छ। पेन्सिलभेनियामा चुनावी र्‍यालीमा क्रममा भाषण गरिरहेका बेला पूर्वराष्ट्रपति ट्रम्पमाथि गोली प्रहार भएको अमेरिकी सञ्चारमाध्ययमले जनाएका छन्।

समाचार एजेन्सी रोयटर्सका अनुसार गोली लागेपनि उनी सुरक्षित छन्। उनलाई सुरक्षा टोलीले त्यहाँबाट अस्पताल पुर्‍याएका छन्। प्रत्यक्षदर्शीलाई उदृत गर्दै विदेशीसञ्चार माध्यमहरूमा उल्लेख भएअनुसार उनीमाथि करिब तीन सय यार्ड टाढाबाट राइफलमार्फत गोली हानिएको थियो। त्यसक्रममा गोली चलेका थुप्रै आवाजहरू सुनिएको थियो। रोयटर्समा सार्वजनिक तस्बिरमा ट्रम्पको अनुहारमा रगत बगेको देख्न सकिन्छ।

चुनावी र्‍यालीका क्रममा भएको सो घटनाको त्यहाँका वर्तमान राष्ट्रपति जो बाइडेनले निन्दा गरेका छन्। यता, कानुनी अधिकारीहरूले भने ट्रम्पको हत्याको लक्ष्य भएको देखिने बताएका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर