अब सांसदहरूको पनि इ–हाजिरी लिइने

काठमाडौं । प्रतिनिधि सभाको कार्यव्यवस्था समिति बैठकमा सांसदहरुको इलेक्ट्रोनिक अटेन्डेन्स प्रणाली (इ–हाजिरी) सुरु गर्ने विषयमा छलफल भएको छ । बैठकमा सभामुख देवराज घिमिरेले संसदीय बैठकमा सांसदहरुको उपस्थिति कमजोर भएकाले इलेक्ट्रोनिक अटेन्डेन्स प्रणाली सुरु गर्न निर्देशन दिए ।

सभामुख घिमिरेले भने, “संसदमा माननीयहरुको उपस्थिति कमजोर भएको छ। सांसद तलब–भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरुलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु। संसद् सचिवालयलाई ईहाजिरीको तयारी गर्न, राष्ट्रिय सभाको अनुभवबारे अध्ययन गर्न निर्देश गर्दछु।’

त्यसैगरी संसद नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने र कानुनमन्त्री, मुख्य सचेतकसँग छलफल गरेर समय निर्धारण गर्ने पनि सभामुख घिमिरेले जानकारी गराएका थिए । बैठकमा सभामुख घिमिरेले सरकार सदनप्रति उत्तरदायी हुनुपर्ने भन्दै प्रधानमन्त्री र मन्त्रीहरुको उपस्थितिलाई लिएर कानुनमन्त्रीमार्फत सरकारको ध्यानाकर्षण गराए । (फाइलः तस्बिर)

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर