बेपत्ता बसको एक यात्रीको शव फेला परेको आशंका

काठमाडौं । भरतपुर महानगरपालिका वडा नम्बर २९ सिमलतालबाट यात्रुसहित दुई वटा बस बेपत्ता भएको दोस्रो दिन पश्चिम चितवनको मेघौलीको गोलाघाटमा एउटा शव भेटिएको छ ।

दुर्घटना स्थल सिमलतालभन्दा करिब ५० किलोमिटर पश्चिममा पर्ने गोलाघाट नारायणी नदी किनारमा सो शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव उपरीक्षक भेषराज रिजालले नदी किनारमा भेटिएको शवको सनाखत हुन बाँकी रहेको बताए । “शव देख्दा फ्रेस नै देखिन्छ । दुर्घटनामै परेका यात्रुको हो वा हैन भन्ने कुरा अध्ययन हुँदै छ”, उनले भने, “शवको सनाखत नभएसम्म यसै भन्न सकिँदैन् ।” गोलाघाटमा भेटिएको शव घोप्टो अवस्थामा बालुवामा आधा पुरिएको अवस्थामा भेटिएको हो । अहिले घटना स्थल मुचुल्का उठाएर शव भरतपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

त्रिशूली नदीमा यात्रुसहित बेपत्ता भएका दुवै बसको खोजी कार्य शनिबार पनि बिहानैदेखि जारी रहेको छ । सशस्त्र प्रहरीको गोताखोर सहितका टोली नेपाली सेना, नेपाल प्रहरीले दुर्घटना भएको दिनदेखि खोजी कार्य जारी राखेको हो । अविरल वर्षाका कारण नारायणगढ–मुग्लिङ सडकको सिमलतालमा शुक्रबार बिहान पहिरो जाँदा ६२ जना यात्रुसहित दुई वटा यात्रुवाहक बस त्रिशूलीमा हराइरहेको छ। काठमाडौैंबाट गौर जान नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौं जाँदै गरेको बागमती प्रदेशको ०३(००६ ख(१५१६ नम्बरको एन्जलस डिलर्स बस त्रिशूलीमा हराइरहेको हो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर