वेस्ट इन्डिजविरुद्ध इंग्ल्याण्डको फराकिलो जित

काठमाडौं ।  वेस्ट इन्डिज विरुद्धको टेस्ट इङ्ल्यान्डले एक इनिङ १ सय १४ रनको जित निकालेको छ । दोस्रो इनिङमा वेस्ट इण्डिज १ सय ३६ रनमा अल आउट भएपछि इल्यान्डले शुक्रबार फराकिलो जित हासिल गरेको थियो। पहिलो इनिङमा वेस्ट इन्डिजले १ सय २१ र इङ्ल्यान्डले ३ सय ७१ रन बनाएको थियो। ३ टेस्टको श्रृंखलामा घरेलु टोली इङ्ल्यान्डले १-० को अग्रता लिएको छ।

तीन दिनमै सकिएको टेस्टको दोस्रो इनिङमा वेस्ट इण्डिजका स्पिन अलराउन्डर गुडाकेश मोतीले ३५ बलमा ५ चौकासहित सर्वाधिक ३१ रन बनाए । एलिक एथानाजे २२ र जेसन होल्डरले २० रन जोडे ।इङ्ल्यान्डका गस एटकिन्सनले ५, जेम्स एन्डरसनले ३ र बेन स्टोक्सले २ विकेट लिए । त्यसअघि इङ्ल्यान्डले पहिलो इनिङमा ३ सय ७१ रनमा अल आउट भएको थियो । ओपनर ज्याक क्रलीले ८९ बलमा १४ चौकासहित सर्वाधिक ७६ रन बनाएका थिए।

डेब्यू खेलमा विकेटकिपर जेमी स्मिथले १ सय १९ बलमा ८ चौका र २ छक्कासहित ७० रन जोडेका थिए । ओली पोप ५७, जो रुट ६८, ह्यारी ब्रुक ५०, र क्रिस वोक्स २३ रनमा आउट भए । वेस्ट इण्डिजका जयडेन सिल्सले ४, जेसन होल्डर र गुडाकेश मोतीले समान २ विकेट लिएका थिए । लर्डसमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इण्डिजले ओपनर मिक्ली लुइसले सर्वाधिक २७ रनको मद्दतमा १ सय २१ रन‌ बनाएको थियो। डेब्यू खेलमा नै ७ विकेट लिएका इङ्ल्यान्डका गस एटकिन्सनप्लेयर अफ द म्याच चुनिए ।

अन्तिम खेलमा ४ विकेट लिदै जितका साथ ४२ वर्षीय एन्डरसनले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । उनले १ सय ८८ टेस्टमा ७ सय ४ विकेट लिएका छन् । एन्डरसन भन्दा अघि श्रीलंका स्पिनर मथैया मुरलीधरन (८ सय विकेट) र अष्ट्रेलिया स्वर्गीय शेन वार्न (७ सय ८ विकेट) छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर