संविधानको ७६ (२) अनुसार प्रधानमन्त्रीमा ओलीको दाबी पेश

काठमाडौं ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पदमा आफ्नो दाबी पेश गरेका छन् । राष्ट्रपति भवन शीतल निवास शुक्रबार राति पुगेर एमाले संसदीय दलका नेता समेत रहेका ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्री पदमा दाबी पेस गरेका हुन् ।  राष्ट्रपतिले हिजो शुक्रबार बेलुकी आइतबारसम्मको समयसीमा दिएर संविधानको धारा ७६ (२) अनुसारको सरकार गठनका लागि आह्वान गरेका थिए ।

प्रधानमन्त्री प्रचण्डले प्रतिनिधिसभाबाट विश्वासको मत पाउन नसकेपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन् । राष्ट्रपति भवन शीतल निवासमा कांग्रेस र एमालेका नेताहरू शुक्रबार राति ९ बजे प्रधानमन्त्रीमा दाबी पेश गर्न पुगेका थिए ।  बहुमत सांसदको हस्ताक्षरसहित दाबी पेस भएसँगै राष्ट्रपतिले आवश्यक निर्णय गरेर ओलीलाई आइतबार प्रधानमन्त्रीमा नियुक्ति गर्ने राष्ट्रपतिको सचिवालयले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर