मन्त्री आचार्यले लिए शपथ, यादवको मन्त्रालय फेरियो

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाली कांग्रेसका सांसद सुरेन्द्रराज आचार्यलई मन्त्री पदको शपथ ग्रहण गराएका छन्।
कांग्रेसले अहिलेको सरकारमा ९ जना मन्त्री पठाएको छ। यसअघि महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्री रहेका नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादवको मन्त्रालय भने फेरिएको छ। उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ।
प्रतिक्रिया