राष्ट्रपतिद्वारा संविधानको धारा ७६ (२) अनुसार सरकारमा दाबी पेश गर्न आह्वान

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्री नियुक्तिका लागि बहुमतसहित दाबी पेश गर्न आह्वान गरेका छन् । राष्ट्रपतिले नेपालको संविधानको धारा ७६ )२) बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर आइतबार साँझ ५ बजेसम्म दाबी पेश गर्न आह्वान गरेका छन् । प्रधानमन्त्री पदमुक्त भएपछि नेपाली कांग्रेस र नेकपा एमालेले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्तिका लागि दाबी पेश गर्ने तयारी गरेका छन् ।

दुई सय ७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १३८ मत आवश्यक पर्छ । प्रतिनिधिसभामा कांग्रेसका ८८ र एमालेका ७९ सांसद छन् । यी दुई दलको संख्या जोड्दा सहज बहुमत १६७ पुग्ने अवस्था छ ।

ओलीलाई कांग्रेसबाहेक राष्ट्रिय प्रजातन्त्र पार्टी (१४), जनता समाजवादी पार्टी नेपाल (७), जनमत पार्टी (६), जनता समाजवादी पार्टी, (५) तथा नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टी (४–४) ले पनि समर्थन गर्ने जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर