प्रचण्ड खुमलटार पुग्दा भव्य स्वागत, सत्कार

काठमाडौं ।  प्रधानमन्त्रीबाट पदमुक्त भएपछि पुष्पकमल दाहाल प्रचण्डले सरकारी निवास बालुवाटार छाडेका छन्। प्रतिनिधिसभामा राखेको विश्वासको मतसम्बन्धी प्रस्ताव बहुमतले अस्वीकृत भएसँगै प्रधानमन्त्रीबाट प्रचण्ड पदमुक्त भएका हुन्। त्यससँगै संघीय संसद् भवन नयाँ बानेश्वरबाट सिधै राष्ट्रपति रामचन्द्र पौडललाई भेट्न शीतल निवास पुगेका थिए। त्यहाँ केहीबेर भेटघाट गरेसँगै सिधै आफ्नो निवास खुमलटार पुगेका हुन्।

उनी खुमलटार पुग्दा माओवादीका कार्यकर्ताले परम्परागत ढंगबाट स्वागत गरेकार थिए । सांस्कृतिक नाचगानसँगै उनको भव्य स्वागत सत्कार गरेका थिए । प्रचण्ड पदमुक्त भएको संघीय संसद् सचिवालयको पत्र राष्ट्रपति कार्यालय शीतलनिवास पुगिसकेको छ भने राष्ट्रपति पौडेलले नयाँ सरकार गठनको आह्वान गरेपछि नयाँ सरकार गठनका लागि कांग्रेस एमालेले दाबी पेस गर्ने तयारी गरेका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर