शाहरुख खान अभिनित फिल्म ‘जवान’ को नयाँ रिलिज मिति सार्वजनिक

काठमाडौं । भारतीय अभिनेता शाहरुख खान अभिनित फिल्म ‘जवान’ को नयाँ रिलिज मिति सार्वजनिक भएको छ ।

सामाजिक सञ्जालमार्फत फिल्मको पोस्टर सार्वजनिक गर्दै शाहरुखले रिलिज मिति घोषणा गरेका हुन् ।

दक्षिण भारतीय फिल्म निर्देशक एटली कुमारले निर्देशन गरेको यो फिल्म अब आगामी सेप्टेमबर ७ मा रिलिज हुने भएको छ । फिल्म यसअघि जुन २ मा रिलिज हुने भनिएको थियो ।

शाहरुख स्टारर ‘पठान’ विश्वव्यापी हिट भएपछि उनको आगामी फिल्म जवान लाई लिएर दर्शकमाझ निकै चर्चाको विषय बनेको छ । हिन्दी फिल्ममा अहिलेसम्मकै सबैभन्दा धेरै कमाइ गर्ने, फिल्म ‘पठान’ बनेपछि, शाहरुखको लागि ‘जवान’ अर्को चुनौती बनेको छ ।

शाहरुखका अलावा ‘जवान’ मा नयनतारा, प्रिया मणि, सान्या मल्होत्रा ​​र सुनिल ग्रोवरको पनि अभिनय रहेको छ । फिल्ममा विजय सेतुपति नकारात्मक भूमिकामा देखिनेछन् । यसबाहेक फिल्ममा दीपिका पादुकोण पनि विशेष भूमिकामा रहेकी छन् ।

दक्षिण भारतीय चर्चित संगीत निर्देशक अनिरुद्ध रविचन्द्रले फिल्ममा संगीत दिएका छन् । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर