स्वर्ग र नर्क सँगै जाने, २०८४ को चुनाव सँगै लड्ने भनेर धोका दिए : प्रचण्ड

काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ‌ओलीले आफूलाई मिठो बोलेर नराम्रो धोका दिएको बताएका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा विश्वासको मत माग्दै ओलीले असार १७ गते स्वर्ग र नर्क सँगै जाने, २०८४ को चुनाव सँगै लड्ने भनेर धोका दिएको बताए । उनले नेपाली कांग्रेस र एमालेलाई संविधान संशोधन गर्ने भए देशलाई प्रत्यक्ष कार्यकारी राष्ट्रपतिमा लैजानुपर्ने चुनौती दिए ।

‘संविधान संशोधन गरौँ, दलित महिला र विपन्नको सहभागिता बढाऊँ । तपाईंहरूलाई अहिले बाडुल्की लागिरहेको होला’, उनले भने, ‘एमाले अध्यक्षको क्षमता र कला तारिफयोग्य छ । मलाई राम्रोसँग फकाउनु भयो, वामपन्थी पो मिल्नु पर्छ, कांग्रेस कहाँ हाम्रो कुरा मिल्छ भन्नु भयो । म त अलिक सेन्टिमेन्टल भएँ होला त नि भनेर विश्वासमा परेँ । तर अहिले धोका भयो ।’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर