एमाले कांग्रेस पश्चगमनतर्फ उन्मुख, खेलाँची नगर्न प्रचण्डको चेतावनी

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संविधान संशोधनजस्तो जटिल र संवेदशील विषयमा खेलाँची नगर्न आग्रह गरेका छन् । आज शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत लिनुअघि आफ्नो अभिमत राख्दै उनले कांग्रेस–एमालेहरुकै जस्तो तरिकाको संविधान संशोधनले जनताको स्वीकार्य नपाउने बताए ।

कांग्रेस–एमालेले केही पश्चिमी देशको नक्कल गरेर साना दलहरुको अस्तित्व समाप्त पार्न खोजेको आरोप लगाए । उनले ०४७ सालदेखि २०६३ सालसम्म १५ वटा सरकार बनाउने तपाईँहरु नै होईन ? भन्दै उनले प्रश्न गरे । उनले संविधान संशोधन गर्ने हो भने खुल्ला छलफलमा आउन आग्रह गरे । प्रधानमन्त्री प्रचण्डले प्रत्यक्ष निर्वाचित कार्यकारीमा जान सकिने पनि बताए ।

उनले राष्ट्रियसभाको सबैभन्दा ठूलो दल माओवादी केन्द्र रहेको बताउँदै माओवादीलाई किनारा लगाएर संविधान संशोधन गर्न सक्नुहुन्छ ? भन्दै प्रश्न गरे । कांग्रेस–एमालेले इतिहासलाई फेरि पछाडि फर्काउन खोजेको आरोप लगाए । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संविधान जस्तो जटिल र संवेदनशील विषयमा खेलाँची नगर्न नेकपा एमाले र नेपाली कांग्रेसका नेताहरूलाई चेतावनी दिएका छन् ।

कांग्रेस-एमाले गठबन्धनले स्थितरताका नाममा समावेशी प्रतिनिधित्व, समानुपातिक प्रतिनिधित्व समाप्त गर्न खोजेको षड्यन्त्रको गन्ध आएको बताए । उनले भने, ‘तपाईँहरूको इच्छा २०४७ साल वरिपरि नै फर्किने होला भन्ने लाग्छ मलाई ।’ उनले प्रश्न गर्दै अगाडि भने, ‘राष्ट्रियसभाको सबैभन्दा ठूलो दल नेकपा माओवादी केन्द्रलाई किनारा लगाएर गर्नुहुन्छ संविधान संशोधन ?’


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर