भारत र श्रीलंकाबीचको पहिलो टी–२० जुलाई २६ मा

काठमाडौं। भारत र श्रीलंकाबीच यसै महिनाको अन्त्यमा हुने टी–२० र एकदिवसीय सिरिजको तालिका सार्वजनिक भएको छ। श्रीलंका भ्रमण टी–२० सिरिजबाट सुरु हुनेछ। जबकि एकदिवसीय सिरिज १ अगस्टबाट सुरु हुनेछ। श्रीलंका भ्रमणमा भारतले तीन खेलको टी–२० र एकदिवसीय सिरिज खेल्नुपर्नेछ।

भारतले श्रीलंकासँग २६ र २७ जुलाईमा लगातार दुई दिन टी–२० खेल खेल्नेछ। यो सिरिजको अन्तिम खेल २९ जुलाईमा हुनेछ। एकदिवसीय सिरिजका अन्य दुई खेल अगस्ट ४ र ७ मा हुनेछन्। टी–२० सिरिजका तीनवटै खेल पल्लेकेलेमा र तीनवटै एकदिवसीय खेल कोलम्बोमा खेलाइनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर