‘गुन्यो चोलो कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने

काठमाडौं । अभिनेता नाजिर हुसेन अभिनित चलचित्र ‘गुन्यो चोलो’ (‘कमिङ अफ एज अफ अ गर्ल’) कार्तिक ९ गतेबाट प्रदर्शनमा आउने भएको छ । बिहीबार पोस्टर सार्वजनिक गर्दै चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको हो । तिहार बिदालाई लक्षित गरेर यो चलचित्र कार्तिक ९ गतेबाट प्रदर्शन हुनेछ ।

सार्वजनिक पोस्टरमा नाजिरले पहिलोपटक ट्रान्सवुमन (पारालैंगिक महिला) को अवतारमा देखिएका छन् । उनलाई ट्रान्सवुमन पात्र ‘गुलाबी’को रुपमा चिनाइएको छ । पोस्टरमा नाजिरको चरित्र रुपान्तरण आकर्षक देखिन्छ । पहेंलो पहिरनमा देखिएको नाजिरको पात्रले एकातिर नक्कली कपाल र अर्को हातमा हिल्स बोकेको छ । ओठमा लिपिस्टिक, आँखामा गाजल, नाकमा नथिया र कानमा ठूलो रिङ लगाएका उनको कपाल छोटो छ । अनुहारमा निलडाम देखिन्छ भने छातीमा चोटको दाग छ ।

समुन्द्र भट्ट निर्देशित चलचित्रमा नाजिरसँगै सञ्चिता लुइँटेल, सुशिल सिटौला, राजकुमार घोष, शिशिर राणा, अनुपम श्रेष्ठ, विशाल पहारीलगायत कलाकारको अभिनय छ । चलचित्रको पटकथा तथा संवाद समुन्द्र भट्ट र नाजिर हुसेनले तयार पारेका हुन् । दि स्काइ ओसन इन्टरटेन्मेन्टको ब्यानर निर्माण भएको चलचित्रमा अमेरिकी कम्पनी भिजन इन्टरटेनमेन्टको सहकार्य छ । यसमा हलिउडकी लिजा जेरार्डले स्वर दिएकी छिन् भने ब्याकग्राउन्ड म्यूजिकको सम्पूर्ण काम मार्सेलो दि फ्रान्सिसी (हलिउडका ट्रयाक उत्पादक)ले गरेका छन् ।  चलचित्रमा पुष्कर लामाको निर्माण नियन्त्रण रहनेछ भने निर्माण व्यवस्थापकमा यम ओली छन् । चलचित्रलाई आलोक शुक्लाले छायांकन गरेका हुन्


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर