पहिरोले दुईवटा यात्रुवाहक बस बगायो, तीन यात्रु हामफालेर बच्न सफल

काठमाडौं । नारायणगढ-मुग्लिन सडकको सिमलतालमा शुक्रबार बिहान साढे तीन बजेतिर पहिरोले दुईवटा यात्रुवाहक बस बगाएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही सडक खण्डको १७ किलोमा अर्को यात्रुबसमा पहिरोबाट झरेको ढुंगाले लागेर चालकको निधन भएको छ।

सिमलतालमा दुईवटा बस पहिरोमा बगेको भन्ने जानकारी आए पनि एउटा बसको केही भाग मात्र देखिएको प्रहरीले जनाएको छ। बसमा रहेका तीनजना यात्रु हाम फालेर बाहिर निस्केका छन्। उनीहरूका अनुसार सो बसमा ३० जना यात्रु थिए ।

बस काठमाडौंबाट गौर जाँदै गरेको गणपति डिलक्सको रहेको बताइएको छ। त्यसैगरी सोही सडक खण्डको १७ किलोमा बिहान साढे तीन बजे आसपासमा खसेको पहिरोबाट आएको ढुंगाले लागेर बसका चालकको निधन भएको छ। (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर