पृथ्वी राजमार्ग पुनः अवरुद्ध, खोलाले बगाउँदा एकको मृत्यु

काठमाडौं । पूर्वी नवलपरासीमा खोलाले बगाएका एक पुरुष मृत भेटिएका छन् । मध्यविन्दु नगरपालिका ४ मदनपुर घर भएका ३५ बर्षीय सूर्य परियारलाई आज दिउँसो खोलाले बगाएको थियो । मध्यबिन्दु नगरपालिका ५ बागखोरस्थित उल्टी खोल र छपछुपी खोलाको किनारमा उनको लाश फेला परेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

त्यस्तै बौदीकाली गाउँपालिकामा मेला जाने क्रममा बौदीखोलाले बगाएका खारा घर भएका ४८ बर्षका विशाल कार्कीको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । बेपत्ता भएका कार्कीको इलाका प्रहरी कार्यालय डेडगाँउबाट खटिएको टोलीले खोजतलास गरिरहेको छ ।
यसैगरी बेनीघाट रोराङ्ग गाउँपालिकास्थित पृथ्वी राजमार्गको जवाङ्ग खोला नजिकै पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको छ । अविरल वर्षाका कारण बिहानैदेखि राजमार्गका विभिन्न स्थानमा खसेको पहिरोका कारण पटक–पटक बन्द भएको बाटो खुलाएकोमा पुनः बन्द भएको छ । चितवनको इच्छाकामना गाउँपालिकाको फिस्लिङ् नजिकै खसेको पहिरो हटाई सवारी सुचारु गरिएकोमा जवाङ्ग खोला नजिकै पुनः पहिरो खस्दा सडक अवरुद्ध भएको हो ।
सडकमा खसेको पहिरो हटाउनका लागि जिल्ला प्रहरी टोली खटिसकेको छ भने चट्टान खसेकाले हटाउनको लागि केही समय लाग्ने प्रहरी चौकी जोगीमाराले जनाएको छ । अवरुद्ध राजमार्गका कारण राजधानी प्रवेशकालागि आएका र राजधानीबाट बाहिरिने सवारीसाधन रोकिएका छन् ।।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर