गगन थापा मन्त्री नबन्ने, प्रतिपक्षीको भूमिकामा रहने

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले अब बन्ने सरकारमा आफू मन्त्री नबन्ने बताएका छन् । विराटनगरमा आज बिहीबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पार्टीकै कामले भ्याइनभ्याइ रहेको बेला मन्त्री बन्ने बाहिरी चर्चाप्रति अनिच्छा प्रकट गरेका हुन् । उनले सरकारलाई सचेत गराउने काम प्रतिपक्षको मात्रै नभएको बताउँदै उनले शक्तिको दुरुपयोग भएमा सचेत गराउन पनि आफू मन्त्री नबन्ने बताए ।
‘सांसदको रूपमा मैले क्रियाशील भएर यो सरकारलाई समर्थन गर्नेपनि, हाम्रो शेखर कोइरालाले भन्नुभएजस्तो कांग्रेस र एमाले मिलेर धेरै शक्ति आर्जन गर्दैगर्दा सरकारले शक्तिको दुरुयोग गर्लान् कि भनेर सचेत गराउनुपर्ने काम प्रतिपक्षले मात्रै होइन, सत्तापक्षले पनि गराउनुपर्छ । त्यसैले सत्ता पक्षको सांसदहरुको बेन्चको पहिलो हरफमा बस्छु म । त्यो पहिलो रोबाट सरकारलाई आवश्यक कुराको समर्थन गर्ने, परेको बेला सरकारलाई प्रश्न पनि गर्ने, जवाफदेही बनाउने । अबको दुई ÷तीन वर्षको समय जुन छ, मेरो भूमिका सांसदको रूपमा रहन्छ’, उनले भने ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर