छापावाल सुन प्रतितोला आठ सय रुपैयाँ वृद्धि

काठमाडौं । आज बिहीबार सुनको मूल्यमा वृद्धि भएको छ । आज छापावाल सुनको मूल्य प्रतितोलामा ८०० रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बुधबार प्रतितोला १ लाख ४४ हजार १०० मा कारोबार भएको छापावाल सुन बिहीबार बढेर १ लाख ४४ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै तेजाबी सुन प्रतितोला १ लाख ४४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको द्ध । यसैगरी चाँदीको मूल्य पनि वृद्धि भएको छ । बुधबार प्रतितोला १ हजार ८७० मा कारोबार भएको चाँदीको मूल्य बिहीबार बढेर १ हजार ८८५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर