पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु

काठमाडौं । वर्षाका कारण पहिरोले घर पुरिँदा बागलुङमा एक जनाको मृत्यु भएको छ । बागलुङ नगरपालिका- ७ तितौरेमा गए राति पहिरोले घर पुरिएर ५५ वर्षीया खिलकुमारी शर्माको मृत्यु भएको हो । शर्मा घरमा एक्लै बस्दै आएको बागलुङ- ७ का वडाध्यक्ष मेघनाथ गैरेले जानकारी दिए । आज बिहान छिमेकीले थाहा पाएपछि प्रहरी र जनप्रतिनिधिलाई खबर गरेका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर