कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा भारी  वर्षाको सम्भावना

काठमाडौं । हाल मनसुन न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा उत्तरतर्फ (नेपालको दक्षिण भूभाग/सिमाना आसपास) रहेको र आज रातिबाट उक्त रेखा अझ नेपालतिर सर्ने  सम्भावना देखिएको छ। हाल देशभर साधारणतया बदली रहेको छ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई  स्थानहरूमा हल्कादेखि मध्यम वर्षा  भइरहेको छ ।

आज दिउँसो देशभर साधारणदेखि पूर्णतया: बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केहि  स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना रहेको छ ।

त्यस्तै आज राति देशभर साधारणतदेखि पूर्णतया: बदली रहने छ । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थानहरूमा साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  केही स्थानहरूमा, सुदूरपश्चिम र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती,  गण्डकी  र लुम्बिनी प्रदेशका  एक-दुई स्थानमा धेरै भारीदेखि अति भारी  वर्षाको सम्भावना रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर