नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले खुट्टा कमाउनु हुँदैन् : नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न दोषी जोकोहीलाई पनि कारबाही गर्न सरकारले खुट्टा कमाउनु नहुने बताएका छन्।

विराटनगर विमानस्थलमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालले यसमा सहभागी साना–ठूला सबैलाई कारबाही गर्नुपर्ने बताए।

पूर्वप्रधानमन्त्री नेपालले भने, ‘सरकारले घटनामा संलग्न दोषीलाई बचाउन आउने उच्च दबाबसामु कुनै पनि हालतमा झुक्नु हुँदैन। बदमासी गर्ने जोसुकै भए पनि तिनीहरुलाई कानुनको दायरामा ल्याएर सजायको भागीदार बनाउनुपर्छ । ”


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर