आरजु राणा र बालकृष्ण खाणमाथि पनि छानविन हुनुपर्छ : महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश वस्नेतले नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेसका नेताहरूमाथि पनि कारबाही हुनुपर्ने माग गरेका छन् ।

पोखरामा प्रेस चौतारी नेपालले आयोजना गरेको पत्रकार सम्मेलनमा वस्नेतले कांग्रेस नेताहरु आरजु राणा, मञ्जु खाणलगायतलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उल्लेख गरे ।

‘मुख्य दोषी पूर्वगृहमन्त्री बालकृष्ण खाणदेखि पूर्वउपराष्ट्रपतिका छोरा दीपेश पुन, पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी आरजु राणासमेतलाई छानविनको दायरामा ल्याउनुपर्छ भन्ने हो’, वस्नेतले भने, ‘टोपबहादुर रायमाझीको सवाल जेछ उहाँ कानुनी प्रक्रियाबाट बाहिर जानुहुन्न ।’

रायमाझीले यो प्रकरणमा राज्यलाई सहजीकरण गर्ने काममा भूमिका खेल्ने भन्दै वस्नेतले भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानबिन हुनुपर्छ भनेर एमालेले भन्दै आएको बताए । उनले नक्कली भुटानीलाई अमेरिका पठाउने फाइल खोलेकोमा सरकारलाई धन्यवाद पनि दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर