आज बुधबार सुनको मूल्य स्थिर

काठमाडौं । आज बुधबार सुनको मूल्य स्थिर रहेको छ भने चाँदी घटेको छ। मंगलबार प्रतितोला नौ सय रुपैयाँ घटेको सुनको भाउ आज स्थिर रहेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४४ हजार एक सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख ४३ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी आज चाँदी प्रतितोला १८ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो मंगलबार चाँदी प्रतितोला १८ सय ८५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर