नेपालमा  ७८ वर्षको अवधिमा कञ्चनपुरमा सर्वाधिक वर्षा

काठमाडौं ।  नेपालमा  ७८ वर्षको अवधिमा सुदूरपश्चिम प्रदेशको कञ्चनपुरमा सर्वाधिक पानी परेको छ । कञ्चनपुरको दोधारामा आइतबार र सोमबार २००३ सालयताकै सर्वाधिक वर्षा भएको पाइएको छ । जल तथा मौसम विज्ञान विभागकाअनुसार कञ्चनपुरको दोधारा, हनुमाननगर र सुन्दरपुरमा २००३ सालयताकै बढी वर्षा भएको हो ।

अस्ति सोमबार  बिहान पौने ९ बजे मापन गरिएको प्रारम्भिक तथ्याङ्कअनुसार २४ घण्टाको अवधिमा दोधारामा ६ सय २४ मिलिमिटर, हनुमान नगरमा ५ सय ७३ दशमलव ६ मिलिमिटर तथा सुन्दरपुरमा ५ सय ५५ दशमलव ८ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । यस वर्ष गएको जेठ २८ गतेदेखि पूर्वी नेपालबाट शुरु भएको मनसुनको प्रभाव असार १४ गतदेखि असार २४ गतेसम्म सक्रिय भएको थियो ।

वायुमण्डलीय तथ्याङ्क, भू–उपग्रहबाट लिइएको तस्बिर तथा मौसम मोडेलबाट प्राप्त मौसमको अवस्थाको विश्लेषणबाट दुई दिन मनसुन न्यूनचापीय रेखा सरदर स्थानमा रहेको भए पनि सुदूरपश्चिमको दक्षिण भाग आसपासको तल्लो वायुमण्डलमा न्यूनचापीय प्रणाली विकसित भएको विभागले जनाएको छ ।

यस्तै, पश्चिमी वायुको न्यूनचापीय रेखा सक्रिय रहेको, अरब सागर तथा बङ्गालको खाडी दुवैबाट जाउने जलवायुयुक्त हावा कञ्चनपुरमा मिसिएर भारी वर्षा भएको विभागले उल्लेख  छ ।  यसअघि २०७४ सालको साउन २९ गते मकवानपुरको हेटौँडा केन्द्रमा सबभन्दा धेरै ५ सय १६ दशमलव २ मिलिमिटर वर्षा मापन गरिएको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर