विद्युत् प्राधिकरणविरुद्ध उद्योगीहरू एक ठाउँमा

काठमाडौं ।  नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंक लाइनबापतको बक्यौता नबुझाउने उद्योगको लाइन काट्ने तयारी गरेपछि नेपालको उद्योग र वाणिज्य क्षेत्रका संघहरू एक ठाउँमा उभिएका छन् । ‘पीडित तथा प्रताडित’ उद्योगी समूहको ब्यानरमा मंगलबार पत्रकार सम्मेलन आयोजना गरी उनीहरूले प्राधिकरणको दादागिरीले उद्योग सञ्चालन गर्न नसकिने अवस्था आएको बताएका हुन् ।

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठ र उद्योग परिसंघका अध्यक्ष राजेश अग्रवाल उपस्थित पत्रकार सम्मेलनमा उद्योगीहरूले मन्त्रिपरिषद् बैठकको निर्णयविपरीत प्राधिकरणले व्यवसायीलाई तर्साउने र धम्काउने काम गरेको बताएका हुन् ।

पत्रकार सम्मेलनमा नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष पशुपति मुरारका, सिमेन्ट उद्योगी धुव्र थापा र सौरभ समूहका विष्णु न्यौपानेले प्राधिकरणले उद्योगीलाई उठीबास लगाउन खोजेको आरोप लगाए । पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकार ढल्न लागेको समयमा कुलमानले बक्यौता असुल्न भन्दै सार्वजनिक सूचना निकालेका थिए । नयाँ सरकार बनाउन लागेका नेपाली कांग्रेस र नेकपा एमालेले भने लाल आयोगको प्रतिवेदनअनुसार ट्रंक लाइनको बक्यौता उठाउनु पर्ने बताउँदै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर