सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोडको सेट तयार

काठमाडौं । भारतीय अभिनेता सलमान खानको फिल्म ‘टाइगर ३’ मा सलमान र शाहरुखको एक्सन सुटका लागि ३५ करोडको भारतीय रुपैयाँको सेट तयार गरिएको छ ।

‘पठान’ पछि अब ‘टाइगर ३’ मा दुवै एकसाथ देखिने भएका छन् । अब यो फिल्ममा सलमान र शाहरुखको ठूलो बजेटको एक्सन सिक्वेन्स रहने भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

फिल्मका निर्माता आदित्य चोपडा यी दुई स्टारको पर्दामा उपस्थितिलाई पूर्णरुपमा सदुपयोग गर्न चाहन्छन् । ‘पठान’ को उत्कृष्ट सफलतापछि अब दर्शकले ‘टाइगर ३’ मा पनि धेरै मनोरञ्जन लिन सकुन भन्ने निर्माताको चाहाना छ ।

यसअघि दुवै खानले करिब सात दिन सँगै सुटिङ गरेका छन् । फिल्म १० नोभेम्बर २०२३ मा दिवालीको अवसरमा रिलिज हुनेछ। फिल्ममा सलमानसँगै कट्रिना कैफ र इमरान हाश्मी मुख्य भूमिकामा देखिनेछन् ।

यो फिल्म यशराज स्पाई युनिभर्सको हिस्सा हुनेछ । फिल्मको कुल बजेट २ सय २५ करोड भारतीय रुपैयाँ बराबरको हुने बताइएको छ । एजेन्सी


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर