अन्ततः मुकुल ढकाल रास्वपाको जिम्मेवारीबाट मुक्त

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिको बैठकले मुकुल ढकाललाई पार्टीका सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको छ । रास्वपाको मंगलबार बसेको बैठकले ढकाललाई केन्द्रीय सदस्य, महामन्त्री र प्रवक्ताको जिम्मेवारीबाट हटाउने निर्णय गरेको नेत्री सोविता गौतमले जानकारी दिइन् ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा नेत्री गौतमले अनुशासन आयोगको सिफारिसअनुसार केन्द्रीय समितिले साधारण सदस्य कायम राखेर अरू सबै जिम्मेवारीबाट हटाउने निर्णय गरेको जानकारी दिइन् ।

यसैबीच जिम्मेवारीमुक्त ढकालले आफू रवि लामिछाने क्लबबाट निष्कासित भएको टिप्पणी गरेका छन् । ‘रवि लामिछाने क्लबबाट निस्कासित भएको हुँ । राष्ट्रिय स्वतन्त्र पार्टीभित्र घण्टी बज्न रोकिँदैन, रविको पार्टीबाट राष्ट्रीय स्वतन्त्र पार्टी बनाउने सङ्कल्प रोकिँदैन, घण्टी बज्न रोकिँदैन । बाँकी कुरा भोलि‘’ उनले सामाजिक सञ्जालमा लेखेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर