झडपमा छुरा प्रहार हुँदा एक जनाको मृत्यु

काठमाडौं ।  मोरङमा दुई समूहबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति साढे १० बजेतिर विराटनगर महानगरपालिका वडा नम्बर २ नेपाल टेलिकम नजिकै दुई समूहबीच झडप भएको थियो। झडपको क्रममा छुरा प्रहार हुँदा एक जनाको मृत्यु भएको र दुई जना घाइते भएका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ। मृत्यु हुनेमा कटहरी गाउँपालिका वडा नम्बर १ महेशपुरका अन्दाजी २१ वर्षीय करण सहनी छन्। घाइते अमर राय र विक्रम मण्डलको नोबेल अस्पतालमा उपचार भइरहेको छ। प्रहरीले अहिलेसम्म घटनामा संलग्न रहेको आशंकामा चार जनालाई पक्राउ गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर