मंगलबार सुन तोलामा नौसय घट्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज मंगलबार पनि घटेको छ । आज प्रतितोला एक लाख ४४ हजार १ सय रुपैयाँ रहेको छ । सोमबार सुनको मूल्य प्रतितोला एक लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो । आज तोलामा ९ सय रुपैयाँले घटेको हो ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा एक लाख ४४ हजार एक सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला एक लाख ४३ हजार ४ सय रुपैयाँ रहेको छ । त्यस्तै, चाँदीको मूल्य एक हजार ८ सय ८५ रुपैयाँ प्रति तोला रहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला एक हजार ८९० रुपैयाँमा कारोबार भएको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर