मेसीले क्यानडाविरुद्ध हुने सेमिफाइनल खेल्ने

काठमाडौं। अर्जेन्टिनी कप्तान लिओनल मेसीले कोपा अमेरिकाअन्तर्गत क्यानडाविरुद्ध हुने सेमिफाइनल खेल्ने भएका छन्। गत जुन २५ मा चिलीविरुद्धको समूहचरणको जितपछि मेसी दाहिने खुट्टाको समस्यासँग जुधिरहेका छन्। त्यसको चार दिनपछि गत बिहीबार इक्वेडरविरुद्ध क्वार्टरफाइनलमा पूरै खेल खेलेका थिए।

‘लियोको स्थिति राम्रो छ। न्यूजर्सीको इस्ट रदरफोर्डस्थित मेटलाइफ स्टेडियममा सोमबार अल्बिसेलेस्टेका प्रशिक्षक लियोनल स्कालोनीले भने, ‘उनले भोलि खेल्नेछन्।’३७ वर्षको उमेरमा मेसीले कोपा अमेरिकामा १३ गोल गरिसकेका छन्। अर्जेन्टिनाका नोर्बर्टो मेन्डेज र ब्राजिलका जिजिनोको नाममा रहेको कीर्तिमानभन्दा उनी चार गोलले पछि छन्।दुवै टोली पेनाल्टीमार्फत क्वार्टरफाइनलमा प्रवेश गरेका हुन्। उत्तरी अमेरिकाबाट आमन्त्रित पाहुना टोली क्यानडाले भेनेजुएलालाई पराजित गरेको थियो।अर्जेन्टिना सन् २०२१ को कोपा अमेरिका र सन् २०२२ को विश्वकपपछि तेस्रो ठूलो उपाधि जित्ने र सन् २००८ र २०१२ मा युरो कप जितेको स्पेनको कीर्तिमानी बराबरी गर्ने लक्ष्यमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर