पाँचखालमा पहिरो खस्दा अरनिको राजमार्ग अवरुद्ध

काठमाडौं ।  वर्षाका कारण पहिरो जाँदा अरनिको राजमार्गअन्तर्गत काभ्रेपलाञ्चोकको  पाँचखालस्थित ५० किलो भन्ने स्थानमा सोमवार रातिदेखि सडक अवरुद्ध भएको छ । सडक माथिबाट लगातार पहिरो खसिरहेकाले पन्छाउन असहज भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । पाँचखाल नगरपालिका–८ स्थित उक्त सडकमा पहिरो खसेर करिब एक सय ५० मिटर सडक अवरुद्ध भएको हो । सोमवार राति ९ बजेदेखि सडक अवरुद्ध हुँदा दुवैतर्फ  सवारी रोकिएका छन् । (तस्बिरः सांकेतिक)


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खबर